×

‘कप्तान नगरकोटीका उपचारमा कमी हुँदैन’

images

युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले बिएण्डबी अस्पतालमा उपचाररत राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेनुका नगरकोटीको उपचारमा राज्यले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आसन्न साफ च्याम्पियनसीप र १९औँ एसियाली खेलकुद प्रतियोगिताको बन्द प्रशिक्षणका क्रममा घाइते बनेकी नगरकोटीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएका मन्त्री गहतराजले कप्तान नगरकोटी छिट्टै मैदानमा फर्केको आफूले हेर्न चाहेको र उपचारमा कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले आयोजना गरेको बन्द प्रशिक्षणको क्रममा यही असार २० गते सोमबार खेलाडी नगरकोटीको घाँटीमुनिको हड्डी भाँचिएको थियो । सोमबारै ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा उनको शल्यक्रिया गरिएको थियो ।

चोटका कारण उनीले घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसीप गुमाउने सम्भावना बढेको जनाइएको छ । नेपालले आगामी भदौ १३ देखि २५ गतेसम्म साफ च्याम्पियनसीप आयोजना गर्दैछ । सन् २०१० देखि राष्ट्रिय महिला फुटबल टोलीमा आबद्ध कप्तान नगरकोटी विभागीय टोली सशस्त्र प्रहरी बल ९एपीएफ०की सदस्य हुन् ।

बिहीबार २३ असार २०७९ ०१:३८ PM मा प्रकाशित

प्रतिक्रिया