×

डा. आरजु राणा देउवाद्वारा सांसदको सम्पत्ति विवरण स्रोतसहित वेबसाइटमा राख्न माग

images

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले सबै सांसदको सम्पत्ति विवरण स्रोतसहित वेबसाइटमा राख्न माग गरेकी छिन् ।

आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले सबै सांसदहरुको सम्पत्ति सार्वजनिक गर्न माग गरेकी हुन् ।

उनले भनिन्,‘हामी जति सांसद छौं, जहिलेदेखि बनेका छौं, सबैको सम्पत्ति विवरण प्रकाशित होस् ।

हाम्रो वेबसाइटमा राखियोस् । जनताले देखोस, कसको के थियो कहिले थियो कसको बढ्यो कसको घट्यो के स्रोत हो ?’

आइतबार​ २४ बैशाख २०८० ०८:२५ PM मा प्रकाशित

प्रतिक्रिया