नवनियुक्त मन्त्री शर्माद्वारा शपथ ग्रहण

    images

    नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गाेविन्दप्रसाद शर्मा (काेइराला) ले शपथ ग्रहण गर्नुभएकाे छ । उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराउनुभएकाे हाे । 

    गैरसांसद शर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहीवार बिहान कानुन मन्त्रीमा नियुक्त गर्न सिफारिस गर्नुभएकाे थियाे । गैरसांसद व्यक्तिलाई बढीमा ६ महिनाका लागि मन्त्री बनाउन सकिने संवैधानिक व्यवस्था रहेको छ ।

    नेकपा एमाले विभाजनपछि अधिवक्ता समेत रहनुभएका शर्मा नेकपा (एकीकृत समाजवादी) पार्टी निकट हुनुहुन्छ । अमेरिकी सहायता परियोजना एमसीसीबारेको व्याख्यात्मक घोषणा तयार गर्न उहाँकाे भूमिका रहेको थियो । 

      बिहीबार २४ चैत २०७८ ०४:२५ PM मा प्रकाशित

      प्रतिक्रिया