×

नेपाल प्रहरीका ४ डीआईजी एआईजीमा बढुवा

images

 काठमाडौँ- नेपाल प्रहरीका चार प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गरिएको छ। डीआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ एआईजीमा बढुवा भएका हुन् ।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले गरेको सिफारिस अनुसार बढुवाको निर्णय गरेको हो।  

गत असारमा १७ जना एकसाथ डीआईजीमा बढुवा भएका थिए। ती मध्ये ८ जना एआईजी बनेका हुन् भने सोही बेला डीआईजी भएका वसन्तबहादुर कुँवर आईजीपी भएका छन्।  यसअघि टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजी भएका थिए। उनीहरुको पदस्थापन पनि भइसकेको छ।

शुक्रबार​ २४ चैत २०७९ ०१:३० PM मा प्रकाशित

प्रतिक्रिया