×

सप्ताहव्यापी कार्यक्रम सम्पन्न

images


काठमाडौँ २२ पुस नेपाल स्रष्टा समाजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको छ । समाजको १७ औँ स्थापना दिवसको अवसरमा पुस १३ गतेदेखि १९ गतेसम्म विविध कार्यक्रम गरेको थियो । कार्यक्रमको अन्तिम दिन समीक्षा बैठक गरेर समापन भएको थियो । 
कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले सात दिनसम्म निरन्तर कार्यक्रम गर्नसक्नु समाजको लागि मात्र नभएर अरु संस्थाका लागि पनि ऐतिहासिक र उदाहरण भएको बताउनुभयो ।

 स्रष्टा समाजले सप्ताहव्यापी कार्यक्रम गरेर साहित्यिक क्षेत्रमा सबैको ध्यान केन्द्रित गर्नसकेकोमा संरक्षक पवन आलोकले बधाइ दिनुभयो । नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले सप्ताहव्यापी कार्यक्रम गर्न  ठूलो चुनौती स्वीकार गरेको भए पनि सबैको सहयोगबाट सफल भएकोमा आभार प्रकट गर्नुभयो ।कार्यक्रममा महासचिव देविका तिमिल्सिना, बागमती प्रदेश संयोजक रवीन्द्र आशीष शैली र कर्णाली प्रदेश संयोजक देवकी तिमिल्सिनाले पनि सप्ताहव्यापी कार्यक्रम बारे मन्तव्य व्यक्त गर्नभएको थियो ।

आइतबार​ २२ पुस २०८० ११:३९ AM मा प्रकाशित

प्रतिक्रिया