×

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पौष ३ गते देखि

images


काठमाडौ ।  ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा दोश्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता यहि पौष ३ गते बाट हुने भएको छ ।
¥याङ्किग प्रतियोगिता समेत रहेको प्रतियोगितालाई ललितपुर नगरपालिकाको मुख्य प्रायोजन रहेको छ । प्रतियोगितामा पुरुष एकल, महिला एकल, यु—१७ छात्र तथा छात्रा एकल, नेपाल ब्याडमिन्टन संघको शिर्ष २० बरियता बाहेकको पुरुष युगल र ४५ बर्ष माथीको भेट्रान्स युगल (खुला)गरि ६ बिधामा प्रतिस्पर्धा गराईने आयोजक ललितपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष्य गोपाल महर्जनले जानकारी गराएका छन् ।
करिव ३० लाख लागत रहेको प्रतियोगितामा पुरुष एकल र महिला एकल तर्फ बिजयी खेलाडीहरुले नगद ४० हजारका साथै मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् । यस्तै उपबिजयी खेलाडीहरुले नगद २० हजारका साथ मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । यस्तै तेश्रो स्थान प्राप्त गर्ने दुई खेलाडी प्रत्येकले नगद १० हजारका साथ मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् । यसैगरि पुरुष युगल तर्फका विजयी जोडीले नगद ४० हजार, उपविजयी जोडीले नगद २० हजार र तेश्रो स्थान प्राप्त गर्ने प्रत्येक जोडीले नगद १० हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् । यु —१७ छात्र÷छात्रा तथा भेट्रान्स युगल तर्फका विजयी खेलाडीहरुले नगद २० हजार, उपविजयीले नगद १० हजार र तेश्रो स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद ५ हजार मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।
नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितालाई भब्य र सभ्य रुपमा संचालन गर्नका लागि नेपाल ब्याडमिन्टन संघका पूर्व उपाध्यक्ष धु्रव महर्जनको संयोजकत्वमा प्रतियोगिता मुल समारोह समिति गठन गरिएको छ ।
ललितपुर बालकुमारीस्थित बालकुमारी रिमिक्स क्लबको आफ्नै कोर्टमा ५ दिन सम्म संचालन हुने प्रतियोगिता बिश्व ब्याडमिन्टन महासंघ, एशियन ब्याडमिन्टन महासंघ र नेपाल ब्याडमिन्टन संघको नियमानुसार खेलाईने छ । प्रतियोगितामा फिदर सटल कर्कको प्रयोग गरिने आयोजकले जनाएका छन् । बरियता प्रतियोगिता समेत रहेको प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघ संग आवद्ध जिल्ला, क्लब र अन्य गरि करिव ४०० खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएका छन् ।
प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको विहानको खाजा तथा खानाको ब्यवस्था आयोजकले गरेका गरेका छन् ।

बुधबार २० मंसिर २०८० ०३:१६ PM मा प्रकाशित

प्रतिक्रिया