×

ब्राजिल सजिलै क्वाटरफाइनलमा क्रोएसियाको सामना गर्ने

images

दोहा । पाँच पल्टको च्याम्पियन ब्राजिलले विश्वकप २०२२ को क्वाटरफाइनल यात्रा सोमबार सजिलै तय गरेको छ । त्यसका लागि ब्राजिलले दक्षिण कोरियालाई ४–१ ले हरायो । क्रोएसिया पनि क्वाटरफाइनल पुग्ने अर्को टिम रह्यो । यो दिन एसियाली फुटबलका लागि भने सुखद रहेन्, बाहिरिने दुवै टिम एसियाकै रहे ।

क्रोएसियाले टाइब्रेकरमा जापानलाई हराएको हो । स्टेडियम ९७४ मा ब्राजिलले पहिलो हाफमै चार गोल गरेको हो । त्यसमा भिनिसियस जुयिनर, नेयमार, रिचार्लिसन र लुकास पाक्वेटाले गोल गरे । दक्षिण कोरियाका तर्फबाट पाइक सुएङ–होले एक सान्त्वता गोल फर्काए । अब क्वाटरफाइनलमा ब्राजिलले क्रोएसियाको सामना गर्नेछ ।


क्रोएसिया भने टाइब्रेकरमा ३–१ ले विजयी रह्यो । त्यस अगाडि निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा रहेपछि ३० मिनेट थपिएको थियो । त्यसमा पनि कुनै गोल भएन् । जापानले डाइनेज माएडाको गोलले अग्रता लिएयता क्रोएसियाका लागि इभान पेरिसिचले बराबरी गोल गरे । 
 

मङ्गलबार २० मंसिर २०७९ ०८:४६ AM मा प्रकाशित

प्रतिक्रिया