×

न्यूरोडमा सुन गाल्ने कारखानामा प्रहरीको छापा, अवैध सुन बरामद

images

काठमाडौं । काठमाडौंको न्युरोडस्थित एक सुन गाल्ने कारखानाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलाली घर भई नागार्जुन बस्ने  ४१ वर्षीय पदम पाण्डेलाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार सुन समेत बरामद गरेको छ। यद्यपि कति परिमाणको सुन हो भन्ने यकिन भइसकेको छैन।   ७ किलो भन्दा बढी सुन हुनसक्ने प्रहरीको अनुमान छ।

उनको न्यूरोडस्थित ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा छापा मार्दा सो परिमाणमा अवैध सुन बरामद भएको हो । कारखानामा तस्करीबाट ल्याइएको सुन गाल्ने गरेको प्रहरीको भनाइ छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

बुधबार २० मंसिर २०८० ११:४६ AM मा प्रकाशित

प्रतिक्रिया