×

शर्मा र प्रधान दार्जिलिङमा सम्मानित

images


 
      अभिव्यक्ति पत्रिकाका संस्थापक सम्पादक, साहित्यकार नगेन्द्रराज शर्मा तथा संचारकर्मी तथा साहित्यकार शरद प्रधानलाई दार्जिलिङमा नरपूर्ण साहित्यिक गुठीले सम्मान गरेको छ । 
     गुठीका संरक्षक एनबी क्षेत्री तथा नेपाली साहित्य सम्मेलनका पूर्व अध्यक्ष साहित्यकार प्रेम प्रधानले उहाँहरूलाई सम्मान गर्नुभएको थियो । 
    कार्यक्रममा नेपाल स्रष्टा समाजका साहित्यकारहरूलाई पनि अतिथिको रुपमा सम्मान गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार डा. गीता क्षेत्री  द्वारा लिखित दृश्यानुभूति (विविध विधाको रचना सङ्गालो) र डा. नकुल क्षेत्रीद्वारा सम्पादित भारतीय नेपाली साहित्यको सय वर्ष शीर्षकका पुस्तकहरू लोकार्पण गरिएका थिए । 
   उक्त कार्यक्रममा नेपाली प्रतिनिधिका तर्फबाट सम्मानित व्यक्तित्व नगेन्द्रराज शर्मा, समाजका संरक्षक पवन आलोक, अध्यक्ष श्रीओम श्रेष्ठ"रोदन", महासचिव देविका तिमिल्सिना तथा सम्मानित व्यक्तित्व सरद प्रधान सहितले सम्बोधन गर्नुभएको थियो। आयोजक संस्थाको तर्फबाट लोकार्पित कृतिका स्रष्टाद्वय डा.गीता क्षेत्री, डा. नकुल क्षेत्री, कृतिका परिचर्चाकार डा.राजकुमार क्षेत्री ,  डा.  सानु लेप्चा र डा. कमला तामाङले बोल्नु भएको थियो ।

कार्यक्रमको सभापतित्व एन. बी क्षेत्रीले गर्नुभएको थियो भने संचालन स्रष्टा कमल रेग्मीले गर्नुभएको थियो । नेपाली साहित्यकारको टोलीमा शर्मा, आलोक, रोदन, तिमिल्सिनाका अतिरिक्त चेतनाथ कडेल "हरित", प्रकाश घायल, तारा सुवेदी, डा. शान्तिमाया गिरी,  शंकर भारती, मधु पाठक तथा माधव बिडारी " चेतनपथ"लगायत कुल एघार जनाको सहभागिता रहेको छ।

सोमबार २० कात्तिक २०८० ०२:१२ PM मा प्रकाशित

प्रतिक्रिया