×

थप ११ कम्पनीले पाए धितोपत्र कारोबार सदस्यता

images

काठमाडौँ, २० भदौ : नेपाल स्टक एक्सचेन्ज लिमिटेडले थप ११ व्यवसायीलाई धितोपत्र कारोबार सदस्यता दिएको छ । सीमित कार्य गर्ने धितोपत्र दलालका रूपमा यी कम्पनीलाई स्टक एक्सचेन्जले अनुमति दिएको हो ।

नयाँ सदस्यता पाउने कम्पनीमा गरिमा सेक्युरिटिज लिमिटेड, पाही इन्भेष्टमेन्ट प्रालि, इन्दिरा सेक्युरिटिज प्रालि, आकाशभैरव सेक्युरिटिज लिमिटेड, एनएमबी सेक्युरिटिज लिमिटेड र सानिमा सेक्युरिटिज लिमिटेड रहेका छन् । त्यस्तै मिल्की वे शेयर ब्रोकर कम्पनी लिमिटेड, क्यापिटल हब प्रालि, स्टक्स्कार्टस सेक्युरिटिज लिमिटेड, एसपीएसए सेक्युरिटिज लिमिटेड र ब्लु चिप सेक्युरिटिज लिमिटेडले अनुमति पाएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले गत असार २१ गते सात, गत साउन १२ गते सात, र साउन १९ गते तीन वटा कम्पनीलाई यस्तो सदस्यता दिएको थियो । यसरी हालसम्म धितोपत्र दलालका रूपमा ६७ वटा कम्पनीले काम गरिरहेकामा अब थप ११ वटा व्यवसायी थपिएका छन् ।

बुधबार २० भदौ २०८० ०८:१३ PM मा प्रकाशित

प्रतिक्रिया