सुनको मूल्यमा कीर्तिमानी

    images

    काठमाडौं । हरितालिका तीजको दिन आज शुक्रबार सुनको मूल्यमा कीर्तिमानी कायम भएको छ । सुनको मूल्य हालसम्मकै बिन्दुमा पुगेर १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको हो ।

    हिजो बिहीबार प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार १ हजार ३ सय रुपैयाँले बढेर १ लाख ५३ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य पनि १३ सयले नै बढेर एक लाख ५२ हजार छ सय रुपैयाँ पुगेको छ । आज चाँदीको भाउ ३० रुपैयाँले बढेर प्रतितोला १७ सय ९५ रुपैयाँ पुगेको छ ।

    शुक्रबार​ २१ भदौ २०८१ ०१:२७ PM मा प्रकाशित

    प्रतिक्रिया