×

पेरिस ओलम्पिक- पदक तालिकामा चीन पुन: शीर्ष स्थानमा

images

काठमाडौं । पेरिस ओलम्पिक २०२४ को दसौं दिनको समाप्तिमा चीनले सोमबार पदक तालिकामा फेरि शीर्ष स्थान कब्जा गरेको छ ।

एसियाली देश चीनले अहिलेसम्म २१ स्वर्ण १८ रजत र १४ कांस्यसहित कुल ५३ पदक जितेको छ । उसले दशौं दिन थप २ स्वर्ण जितेको छ । दोस्रो स्थानमा झरेको अमेरिकाले अहिले सम्म ७८ पदक जितेको छ । अमेरिकाको नाममा २० स्वर्ण, ३० रजत र २८ कांस्य पदक छ ।

अस्ट्रेलिया एक स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लिएको छ । उसले अहिलेसम्म १३ स्वर्ण ११ रजत र ८ कांस्यसहित कुल ३२ पदक जितेको छ । एक स्थान तल झर्दै चौथो स्थानमा पुगेको आयोजक फ्रान्सले १२ स्वर्णसहित कुल ३२ पदक हात पारेको छ । दक्षिण कोरिया , जापान र इटाली क्रमसः छैटौं, सातौ र आठौं स्थानमा छन् ।

पेरिस ओलम्पिक २०२४ अन्तर्गत १० औं दिनको समाप्तिसम्म सहभागी २ सय ६ मध्ये ४५ देशले कम्तिमा १ स्वर्ण पदक जितेका छन् भने ७३ देशले पदकको खाता खोलेका छन् । ३३ औं संस्करणको ग्रिस्मकालीन ओलम्पिक अन्तर्गत आज थप १९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदै छ ।

मङ्गलबार २२ साउन २०८१ ०१:०० PM मा प्रकाशित

प्रतिक्रिया