×

स्वास्थ्य क्षेत्र सुधार गर्न कुनै कसरत बाँकी रहने छैन: मन्त्री सिंखडा

images

पोखरा । गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयकाले आयोजना गरेको प्रदेश स्तरीय

स्वास्थ्य कार्यालयहरुको समिक्षा कार्यक्रमलाइ सम्बोधन गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले बिरामीको चाप घटाउने गरेर काम गर्ने दिर्नेशन दिएकी छन् ।

जिल्ला अस्पतालबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिर्फर गर्ने र गण्डकी प्रदेश भन्दा बाहिरका अस्पतलमा रिर्फर गर्दा बिरामीलाइ समस्या हुने भन्दै सकेसम्म धेरै रोगको उपचार गण्डकी प्रदेशमा गर्न निर्देशन दिएकी हुन ।

आयुर्वेद औषाधालयलाई संग संगै विकास गरेर काम गर्ने योजना सुनाइन ।

गण्डकी प्रदेशका बिरामीलाई जस्तोसुकै रोगलाइ पनि गण्डकी प्रदेश भित्र नै उपचार गर्ने वातावरण बनाउने योजना मन्त्री सिंखडाले सुनाइन ।

स्वास्थ्य क्षेत्रमा सुधार गर्नको लागी कुनैपनि कसरत बाँकी नराख्ने, प्रदेशबाट नै सकेसम्म धेरै सेवा निशुल्क दिने योजना, एनजीओ संग सहकार्या गर्ने कार्यक्रम मन्त्रीलाइ सोधेर मात्र अघि बढ्नुपर्ने लगायतका निर्देशन दिइन ।

गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्य सुबास अधिकारीले गण्डकी प्रदेश सरकारले सुरु गरेको परिवारिक स्वास्थ्य प्रोफाइल योजना तिव्र रुपमा अघि बढाउनुपर्ने जानकारी दिए

आइतबार​ २१ साउन २०८० १०:३३ AM मा प्रकाशित

प्रतिक्रिया