काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले जिन्दगीमा भ्रष्टाचार नगरेको बताएका छन्।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा मंगलबार बोल्दै प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगरेको र नसहेको बताएका हुन्। ‘मैले जिन्दगीमा कहिले पनि भ्रष्टाचार गरिनँ । भ्रष्टाचार सहिनँ पनि । मेरो नजरभन्दा बाहिरबाट भ्रष्टाचार हुनु बेग्लै कुरा हो’, ओलीले भने, ‘राजनीतिक हिसाबले कसैले लाञ्छित गर्नका लागि हिलो छ्याप्नु बेग्लै कुरा हो ।’
उनले अगाडि भने, ‘म दावाका साथ भन्छु यो धर्तीको अदालतमा मात्रै होइन कि चित्रगुप्तको अगाडि पनि जवाफ दिन तयार छु । मलाई धन आर्जन गर्नु छैन । राज्यको सम्पत्ति, सार्वजनिक सम्पत्ति अपचलन गरेर त्यसलाई आफ्नो बनाउनु छैन । त्यो मेरो नैतिकताले पनि दिँदैन । त्यो मलाई आवश्यक पनि छैन ।’उनले आफूले कुनै भ्रष्टाचार नगर्नेमा ढुक्क हुन पनि सांसदहरूलाई आग्रह गरे ।
भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको समितिको पहिलो छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगरेको र कसैले गरेको पनि नसहने बताए । 'जिन्दगीमा कहिले पनि भ्रष्टाचार गरिनँ र सहिनँ पनि, मेरो नजर बाहिर कसैले भ्रष्टाचार गर्नु अर्कै कुरा हो,' उनले भने, 'यो धर्तीका अदालतमा मात्रै होइन की चित्रगुप्तका अगाडि जवाफ दिन पनि तयार छु ।'
प्रधानमन्त्री ओलीले आफूलाई धन आर्जन गर्नु र राज्यको सम्पत्ति आफ्नो बनाउन आवश्यक नरहेको बताए । 'मैले भ्रष्टाचार गरिनँ र गर्न कसैलाई इजाजत पनि गरेको छैन । कहिले-कहिले मेरो बुताभन्दा बाहिर, मेरो जानकारीभन्दा बाहिर अरुले गरेका कुरा रोक्न नसकेको होला तर गर्न दिएको होइन, फेरि पनि मेरो दृढ प्रतिबद्धता छ,' उनले भने ।
भ्रष्टाचार नियन्त्रण गर्ने क्रममा कसैको अनुहार नहेर्ने ओलीले बताए । 'भ्रष्टाचारको मामिलामा कसैको अनुहार नहेरी हामी कडा नीति अख्तियार गर्छौं । यो प्रचारबाजीको लागि होइन स्थिति र अवस्थामा सुधार ल्याउनका लागि प्रतिबद्धता हो,' उनले भने ।
प्रतिक्रिया