×

झिनो अंकले घट्यो नेप्से, ३ अर्ब माथिको कारोबार

images

आज बजार झिनो अंकले घटेको छ। अघिल्लो कारोबार दिन २०४९.४४ विन्दुमा बन्द भएको नेप्से, यस दिन ०.०६ अंक घटेर २०४९.३८ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०९ अंक बढेको छ। बिहीबार २८० स्टकको ६९ हजार ६५५ पटकको कारोबारमा ३ अर्ब ७ करोड ७४ लाख रुपैयाँ बराबरको ९७ लाख ५१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिटि होटल र रावा इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन अपर तामाकोशी हाइड्रोपावर र जोशी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको मोदी इनर्जीको शेयर भने यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन अरुण भ्यालीको शेयरमूल्य साढे ५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १८ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। प्रभु बैंकको संस्थापक शेयर यस दिन करिब १७ करोडको खरिदबिक्री भएको छ भने हिमालयन लाइफ इन्स्योरेन्सको १५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.४२ प्रतिशत बढेको छ भने विकास बैंक, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ।

बिहीबार २१ असार २०८० ०४:०४ PM मा प्रकाशित

प्रतिक्रिया