×

अमेरिकामा ट्रकको ठक्करबाट सुवेदीको निधन

images

काठमाडौ ।  अमेरिकाको टेक्सासमा ट्रकको ठक्करबाट नेपालीमूलकी प्रमिला सुवेदीको निधन भएको छ । एनआरएनए आइसीसीको अमेरिकाजका क्षेत्रीय उपसंयोजक रामकुमार सुवेदीकी पत्नी प्रमिला सुवेदीको बिहीबार मृत्यु भएको हो ।

छोरालाई विश्वविद्यालय पुर्‍याएर फर्किने क्रममा प्रमिलाले चलाएको गाडीलाई रक्डेल सिटीनजिकै बिहीबार साँझ ट्रकले ठक्कर दिएको हो ।

दुर्घटनामा ४७ वर्षीय प्रमिलाको घटनास्थलमै मृत्यु भएको थियो । प्रमिला दम्पत्ति दुई दशकदेखि अमेरिका बस्दै आएका थिए । सुवेदीका दुई छोरा छन् ।

शनिबार २३ बैशाख २०८० ११:५७ AM मा प्रकाशित

प्रतिक्रिया