×

सरकारको न्यूनतम साझा कार्यक्रममा सार्वजनिक हुँदै, जुट्यो सहमति

images

काठमाडौं ।  सत्ता गठबन्धनले साँझ ५ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनले सो निर्णय गरेको हो। आज साँझ ५ बजे सार्वजनिक हुन लागेको  कार्यक्रममा छलफल गर्न बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको थियो ।

बैठकमा सरकारको न्युनतम साझा कार्यक्रममा सहमति जुटेको बैठकपछि माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए । उनले आजै साँझ सार्वजनिक हुने बताए । त्यसअघि केही साना सुझावहरु भए सत्ता साझेदार दलहरुले दिन सक्ने गुरुङले बताए ।

उनले भने ‘राजनीतिक दलहरूको बीचमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक नीतिगत विषयमा छलफल भयो । मोटामोटी रूपमा सहमति भएको छ, सबै बीचमा । सानातिना सुझावहरु केही भए आज बेलुकासम्म दिने र सार्वजनिक गर्ने समय साँझ ५ बजे निर्धारित भएको छ ।

लोकतन्त्र, राष्ट्रियता, जनजीविकासँग जोडिएको बारेमा, सुशासनका बारेमा मुलभूतरूपमा सहमति भएको छ ।’न्यूनतम साझा कार्यक्रम तय गर्नका लागि नेपाली कांग्रेसबाट रमेश लेखक, नेकपा माओवादी केन्द्रबाट शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीबाट विजय पौडेल सम्मिलित कार्यदल बनेको थियो।  सो कार्यदलले तयार पारेको प्रतिवेदन गठबन्धन बैठकबाट अनुमोदन गर्न गठबन्धनको बैठक बसेको थियो। 

सरकारको न्युनतम साझा कार्यक्रममा आर्थिक अवस्था सुधार, संक्रमणकालीन न्यायका प्रक्रियालाई पूर्णताका साथै जनजीविका, कृषि, पर्यटन र ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखिएको नेताहरुले बताएका छन् ।  

बिहीबार २३ चैत २०७९ ०१:२३ PM मा प्रकाशित

प्रतिक्रिया