×

देशको राजनीति, आर्थिक लगाएतका क्षेत्र अत्यन्तै नाजुक छन -डा शेखर कोइराला

images

काठमाडाैं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अहिलेको देशको परिस्थीति अत्यन्तै नाजुक रहेको बताएका छन्।

साहित्यिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको सर्जक सुमन कर्मचार्यको कात्रोमा खल्ती अनाख्यानको लोकार्पण कार्यक्रममा कोइरालाले देशको राजनीति, आर्थिक लगाएतका क्षेत्र अत्यन्तै नाजुक रहेको बताएका हुन्। उनले बिचौलियाको बिगबिगी हरेक क्षेत्रमा देखिएका जिकिर गरे।

कोइरालाले कांग्रेस–एमालेबीच सरकार बन्दा संविधान संशोधन वा सुधार गर्ने भनिएपनि ९ महिना बित्दा पनि त्यसमा ध्यान दिन नसकेको उल्लेख गरे। राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न पनि बिचौलियाको चलखेलको कुरा आएको भन्दै उनले बिचौलियाको चलखेलमा गभर्नर नियुक्त गरे नेपालकै लागि दुर्भाग्य हुने बताए।

नेपालको अर्थतन्त्रसँग खेल्ने अधिकार कसैलाई नरहेको उनको भनाइ छ। कोइरालाले मुलुकको सुशासन कस्तो अवस्थामा छ भन्ने कुरा स्पष्ट रहेको भन्दै वर्तमान गठबन्धनको औचित्य सावित हुन नसकेको तर्क गरे। कोइरालाले राजनीतिक इच्छाशक्ति भए देशलाई समृद्ध र सुशासनयुक्त बनाउन सकिने बताए।

आइतबार​ २३ चैत २०८१ ०७:५८ PM मा प्रकाशित

प्रतिक्रिया