×

गजल

images

जिन्दगी अर्कैले हल्लएको पीङ जस्तै भयो
कहिले सरर कहिले जोल्टिङ जस्तै भयो।।
~~~~~~~~~~~~~~~~~~
तन  मन  धन  सबै  खर्चेर लगाएको 
माया
नउड्ने जहाजको टिकट बुकिङ जस्तै भयो।।
~~~~~~~~~~~~~~~~~~~
न टुटेको न आफ्नो भन्न मिल्ने हाम्रो सम्बन्ध
अर्कैले बैना गरेको जग्गा  प्लटिङ जस्तै भयो।।
~~~~~~~~~~~~~~~~~~~
हेरेर  मात्रै  बुझ्ने हरुका  लागि  यो 
जिबन 
हेर्दा काठमाडौ भोग्दा धादिङ जस्तै
भयो।।
~~~~~~~~~~~~~~~~~~
छुन टिप्न नमिल्ने फुलजस्तो तिम्रो जवानी 
मेरा लागि गैडाको अमुल्य सिङ जस्तै भयो।।

शुक्रबार​ २२ पुस २०७९ ०७:४५ PM मा प्रकाशित

प्रतिक्रिया