×

मुख्यमन्त्री पाण्डेको स्वार्थले रोकियो ७० अंकको ट्रायल

images

काठमाडौं। बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्रको (ट्रायल) मा ७० अंक ल्याए पास हुने निर्देशिका यातायात व्यवस्था कार्यालय चाबहिलबाट आइतबार शुभारम्भ गर्ने तयारी गरेको थियो ।

सोही तयारीअनुरूप उक्त मन्त्रालयका मन्त्री घनश्याम दाहाल र मुख्य सचिव मुकुन्दप्रसाद निरौला शुक्रबार काठमाडौं आए । ट्रायलको शुभारम्भ उनीहरूले गर्ने कार्यक्रम थियो ।

तर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रयोगात्मक परीक्षा एकाएक शुक्रबार यातायात मन्त्रालयलाई पत्र लेखेर तत्काल ७० अंकको ट्रायल रोक्न निर्देशन दियो । जसका कारण तोकिएको कार्यक्रम रोकियो ।

७० अंकको ट्रायलका सन्दर्भमा बागमती सरकारले भाँजो हालेको यो नै पहिलोपटक होइन । गत असोज २ गते पनि मन्त्रालयले उक्त ट्रायल लागू गर्ने जमर्को गर्दा अहिलेकै जसरी रोकावट गरिएको थियो । त्यस किसिमको ट्रायलले यातायात क्षेत्र बिचौलियालाई फाइदा पुग्ने भन्दै बागमती मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्यसमा रोक लगाएको थियो । आजको नागरिक दैनिकबाट

सोमबार १९ मंसिर २०७९ ०८:४२ AM मा प्रकाशित

प्रतिक्रिया