×

प्रतिनिधिसभा प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा घोषणा

images

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १६५ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार सत्तारुढ नेपाली कांग्रेस ५७ क्षेत्रमा जित निकाल्दै सबैभन्दा ठूलो दल बनेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ४४ सिटसहित दोस्रो स्थानमा रहेको छ।

पछिल्लो परिणामअनुसार एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा सत्ता गठबन्धनको साथ पाएका गंगा कार्की विजयी भएसँगै नेकपा माओवादीको सिट १८ पुगेको छ।

यसैगरी नेकपा एकीकृत समाजवादी पार्टीले १०, जसपा, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले ७–७ तथा लोसपाले ४ सिट जितेको छ । यसैगरी नागरिक उन्मुक्ति पार्टीले ३ सिट जित्दा राष्ट्रिय जनमोर्चा, नेमकिपा र जनमत पार्टीले १–१ सिट जितेको निर्वाचन आयोगले जनाएको छ । यस्तै स्वतन्त्र उम्मेदवारी दिएर ५ जना निर्वाचित भएको पनि आयोगले जनाएको छ । 

सोमबार १९ मंसिर २०७९ ११:१७ AM मा प्रकाशित

प्रतिक्रिया