×

गुल्शन झाले बनाए अर्धशतक

images

काठमाडौँ, १९  कात्तिक : आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको ओमानबिरुद्धको फाइनलमा नेपालका  गुल्शन झाले अर्धशतक प्रहार गरेका छन् । 

 कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा झाले २५ बलमा ४ छक्का र ५ चौकाको मद्दतमा ५४ रन बनाएर बिलाल खानको बलमा आउट भए । झाले कप्तान रोहितकुमार पौडेलसँग  ७८ रनको साझेदारी गरे । 

आइतबार​ १९ कात्तिक २०८० १२:४१ PM मा प्रकाशित

प्रतिक्रिया