×

यस्तो छ आज देशभरको मौसम

images

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ ।

हाल सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमामा साधारणतया बदली रही, बाँकी भू-भागमा आंशिक बदली रहेको जनाएको छ भने बागमती प्रदेशको थोरै स्थानहरु तथा कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मध्यम बर्षा भैरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भु-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले आगामी २४ घण्टा गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरको छ ।

 

शुक्रबार​ २० भदौ २०८२ ०७:५२ AM मा प्रकाशित

प्रतिक्रिया