×

संसदीय सुनुवाइ समितिको सभापतिको निर्वाचन आज, खतिवडा निर्बिरोध

images

काठमाडौँ । आज संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिको निर्वाचन हुदैछ । विहिबार भएको मनोनयन दर्तामा कांग्रेस सांसद रामहरी खतिवडाको मात्र मनोनयन दर्ता भएकाले उनी निर्बिरोध निर्वाचित हुने भएका छन् ।

खतिवडाको प्रस्तावकमा काँग्रेस सांसद श्याम घिमिरे रहेका छन् भने समर्थकमा एमाले सांसद महेश कुमार बर्तौला रहेका छन् । शुक्रबार दिनको ५: १५ बजेका लागि बोलाइएको समितिको बैठकले खतिवडा सभापतिमा निर्वचित भएको औपचारिक निर्णय गर्नेछ । 

यसअघि राज्य व्यवस्था समितिको सभापति रहेका खतिवडाले कुलिङ पिरियडमा गरेको हेरफेरको नैतिक जिम्मेवारी लिदै राजीनामा दिएका थिए । 

यस अघि कांग्रेस सांसद ईश्वरी देवी न्यौपाने संसदीय सुनुवाइ समितिको सभापति रहेकी थिइन् भने उनले राजीनामा दिएर राज्य व्यवस्था समितिको सभापति बनेपछि रिक्त रहेको थियो ।

शुक्रबार​ २० भदौ २०८२ ०७:५९ AM मा प्रकाशित

प्रतिक्रिया