काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्ड लिंकले दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको जानकारी दिएको छ ।
वर्ल्ड लिंकले एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनमा वर्ल्डलिंकको इन्टरनेट सेवामार्फत नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू अब प्रयोग गर्न नसकिने जानकारी गराएको छ ।
वर्ल्ड लिंकले भनेको छ:
नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ९, २०८२ को निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भदौ १२, २०८२ को मन्त्रालयस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशनिका, २०८० अनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू नियमन गर्नका लागि हाम्रो कम्पनीलाई निर्देशन प्राप्त भएको छ । यसअनुसार, वर्ल्डलिंकको इन्टरनेट सेवामार्फत नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू अब प्रयोग गर्न नसकिने जानकारी गराउँदछौं । यसले गर्दा तपाईंले केही सामाजिक सञ्जाल प्लेटफर्महरू प्रयोग गर्न असुविधा हुन सक्छ। यसबाट पर्न जाने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।
प्रतिक्रिया