×

भारतमाथि थप कर लगाउने ट्रम्पको घोषणा

images

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि कर बढाउने बताएका छन् ।

ट्रम्पले रुसबाट किनेको तेल बेचेर भारतले ठुलो नाफा कमाई रहेको उल्लेख गर्दै भारतमाथि कर बढाउने बताएका हुन् ।

उनले भनेका छन्- 'भारतले रुसबाट ठूलो मात्रामा तेल मात्र खरिद गरिरहेको छैन, तर यो तेलको ठूलो हिस्सा खुला बजारमा बेचेर ठूलो नाफा पनि कमाउँदैछ । उनीहरूलाई रुसको युद्ध मेसिनले युक्रेनमा कति मानिसहरूलाई मारिरहेको छ भन्ने वास्ता छैन। यस कारणले गर्दा, म भारतमाथि कर बढाउनेछु ।'

यसअघि, जुलाई ३० मा ट्रम्पले भारतमाथि २५ प्रतिशत कर लगाउने घोषणा पनि गरेका थिए ।

उनले भारतले रुसबाट सैन्य उपकरण र तेल खरिद गर्न जारी राख्यो भने, विद्यमान करको अतिरिक्त थप जरिवाना पनि लगाउन सकिने बताएका थिए । ट्रम्पले भारतले गरेको यो खरिदले रुसलाई युक्रेनमा युद्ध जारी राख्न मद्दत गरिरहेको बताउदै आएका छन् ।

मङ्गलबार २१ साउन २०८२ ०९:१६ AM मा प्रकाशित

प्रतिक्रिया