×

भुटानी शरणार्थी प्रकरण : थप तीन जनामाथि पक्राउ पुर्जी

images

काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। काठमाडौं जिल्ला अदालतले केशव तुलाधर, हरिभक्त महर्जन र लक्ष्मी महर्जनको नाममा अदालतबाट पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीले यसअघि घटनामा संलग्न आरोपमा उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डेसहित ८ जनालाई अनुसन्धानका लागि हिरासतमा राखेको छ। आरोपीविरुद्ध प्रहरी परिसर काठमाडौँले सङ्गठित ठगी मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ। परिसरमा नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको भन्दै प्रहरीमा २० वटा जाहेरी परेको थियो। 

अहिलेसम्म केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ, इन्द्रजित राई, टेकनारायण पाण्डे, सन्देश शर्मा, सागर राई र सन्दीप रायमाझी पक्राउ परेका छन्। यो घटनामा अहिलेसम्म पीडित भनिएका १०६ जनाले उजुरी दिइसकेका छन्। उनीहरुको २३ करोड २५ लाख रुपैयाँ ठगी भएको दाबी छ। पीडितहरूको संख्या अझै बढ्न सक्ने प्रहरी अनुमान छ।

शुक्रबार​ २२ बैशाख २०८० ११:४५ AM मा प्रकाशित

प्रतिक्रिया