×

रास्वपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

रास्वपाको पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

यो सँगै रास्वपा सरकारमा सहभागीपनि नहुने भएको छ।

रास्वपाले पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त हुँदा बखतदेखि हालसम्म सरकारलाई दिएको समर्थन कायम राखेको थियो। 

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अब प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने भएको छ । 
प्रधानमन्त्री प्रचण्डले रास्वपालाई सरकारमा ल्याउन पहल गर्दै आएपनि रास्वपाले सरकारमा नरहेर जनतामा जाने निर्णय गरेको हो।  


नागरिकता विवादमा मुछिएर सांसद पद गएसँगै रास्वपा सरकारबाट बाहिरिएको थियो । 

शुक्रबार​ २२ बैशाख २०८० ०८:२३ PM मा प्रकाशित

प्रतिक्रिया