×

कोशी नामकरणबाट पछि हट्यो माओवादी 

images


काठमाडौं । नेकपा माओवादी केन्द्र कोशी नामकरणमा यसअघि गरेको निर्णयबाट पछि हटेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारीले बैठकले प्रदेशसभामा कोशीको पक्षमा भोट हालेपनि अब पहिचानकै पक्षमा उभिने निर्णय गरेको हो ।
‘कोशी प्रदेश नामाकरण भएपछि अहिले आन्दोलन उठिरहेको छ । हाम्रो पार्टीप्रति के हो अडान ? भनेर प्रश्न उठिरहेको छ । त्यसमा हाम्रो पार्टी पहिचानको पक्षमा छ ।’

बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले भने,  ‘त्यतिबेला पनि पहिचानकै पक्षमा अडान राख्नुपथ्र्यो कमजोरी भएको छ ।’
बैठकले नामाकरणपछि पहिचानको आन्दोलनको क्रममा ज्यान गुमाएकालाई सहिद घोषणा गर्न र राहत उपलब्ध गराउन सरकारसँग माग समेत गरेको प्रवक्ता महराले

जानकारी दिए । कोशीमा माओवादीका १५ सांसद छन् । माओवादीबाटै एकजना सभामुख भएकाले बाँकी १४ जनाले कोशीको पक्षमा मतदान गरेका थिए । 
मिटरब्याजपीडितको आन्दोलनमा समेत पार्टीले समर्थन गर्ने निर्णय गरेको हो  ।  
 

बुधबार २२ चैत २०७९ ०६:३३ PM मा प्रकाशित

प्रतिक्रिया