×

झापा जिल्ला आमन्त्रण चेस सुरु

images

 

झापा जिल्ला खुल्ला आमन्त्रण रेटिङ चेस प्रतियोगिता मंगलबार सुरु भयो । प्रतियोगिताको प्रमुख अतिथी कोशी प्रदेशका सांसद गोपाल तामाङले  उद्घाटन गरे । स्वीस

लिगको आधारमा तीन दिनसम्म हुने प्रतियोगितामा झापा, मोरङ र सुनसरीका गरी ३५ जना खेलाडीको सहभागिता छ ।प्रतियोगिताको कुल पुरस्कार राशी १ लाख ९ हजार ५

सय रुपैया रहेको छ ।प्रतियोगिताको आयोजक नाइटचेस क्लब, रोटरी कलब अफ मेचीनगर र मेची युवा चेस एकेडेमी छन् ।

 

प्रतियोगिताले युवा खेलाडीको क्षमता विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास रहेको टुर्नामेन्ट डाइरेक्टर भरत गुरुङले जानकारी दिए ।

पहिलो दिन दुई चरणको खेल सकिँदा राजन सुबेदी, विकास मैनाली, विश्व विजय घिमिरे,विक्रम सिंघक,हिमाल राई र उमेस राईको दूइृ अंक छ


 

बुधबार २२ चैत २०७९ ०६:१९ PM मा प्रकाशित

प्रतिक्रिया