×

आज उपनिर्वाचनका उम्मेदवारविरुद्ध परेको उजुरी छानबिन गरी अन्तिम नामावली प्रकाशन

images

काठमाडौं । निर्वाचन आयोगले आज उपनिर्वाचनका उम्मेदवारविरुद्ध परेको उजुरी छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्दैछ । आयोगले आज उम्मेदवारकाबिरुद्धमा परेका उजुरीमाथि छानबिन गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।

तनहुँ–१, चितवन–२ र बारा–२ मा सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आयोगले मंगलबार उजुरी दर्ताको समय तोकेको थियो । तीनवटै निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दर्ता गरे पनि मुख्यतः चितवन–२ का उम्मेदवार रवि लामिछानेविरुद्ध ४ वटा उजुरी परेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति लामिछानेको सांसद पद सर्वोच्चले खारेज गरे पछि चितवन २ मा पुनः उपनिर्वाचन हुन लागेको हो । उनीमाथि परेको उजुरीउपर चितवन निर्वाचन कार्यालयले छानबिन गरी रायका लागि निर्वाचन आयोग, कान्तिपथमा पत्र पठाउँदैछ ।

बुधबार २२ चैत २०७९ ११:१७ AM मा प्रकाशित

प्रतिक्रिया