×

मधेसकै मसिहा हुँ भन्नेले मधेसीको जनतालाई ठग्ने बाहेक केही गरेनन् --अध्यक्ष ओली 

images


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, मधेसको मसिहा हुँ भन्ने मधेसी नेताहरुले मधेसी जनतालाई ठग्ने बाहेक केही काम नगरेको आरोप लगाएका छन् । 

बुधवार बाराको गढीमाईमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न पुगेका ओलीले, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित  गर्दै मधेशी जनतालाई

मधेसकै मसिहा हुँ भनेर आएकाले ठग्ने बाहेक केही काम नगरेको आरोप लगाएका हुन् । एमालेबाहेक अन्य दलले देशको विकास गनै नसक्ने उनको दाबी छ । 

सुनसरी, मोरङ, सप्तरी विभिन्न जिल्ला हुँदै लाटा सिधा जनता देखेर चुनाव लड्न बारा आएको भन्दै उनले यादवको राजनैतिक चरित्रमाथि प्रश्न गरेका छन् । 

‘उहाँले जितेर के गर्नुहुन्छ ? गर्नु के हुन्छ ? उहाँबाट विकास हुन्छ ?मन्त्री खानुहोला। उहाँलाई कांग्रेस र माओवादीले छाडेका बेला एमालेले साथमा छौं भनेर लिएर हिँड्यो।

माथि पुगिसकेपछि उहाँको भूमिका त बेग्लाबेग्लै देखिन थाल्यो त्यो के हो?’ ओलिले भने । अहिलेको सरकारलाई देश लुट्न बनेको गठबन्धनको संज्ञा दिदै उनले एमालेले मात्रै विकास गर्न सक्ने जिकिर गरे 

बुधबार २२ चैत २०७९ ०६:२५ PM मा प्रकाशित

प्रतिक्रिया