×

जीवन विकास लघुवित्तले घटायो लाभांश, कति दिने भयो बोनस?

images

 काठमाडौं ।  जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (JBLB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ। लघुवित्तले फागुन १९ गतेको बैठकबाट लाभांश संशोधन गरेको हो ।

यसअघि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको ३७.३६ प्रतिशत लाभांशलाई संशोधन गरेर ३३.१५ प्रतिशतमा झारिएको हो । अब लघुवित्तले कुल ३३.१५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। जसमध्ये २६ प्रतिशत बोनस शेयर रहेको छ भने ७.१५ प्रतिशत (कर प्रयोजनार्थसहित) नगद लाभांश रहेको छ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लाभांश संशोधन गरिएको लघुवित्तले जनाएको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

आइतबार​ २१ फागुन २०७९ १२:३० PM मा प्रकाशित

प्रतिक्रिया