×

राजावादीहरुबारे प्रधानमन्त्री प्रचण्ड भन्छन , भूतप्रेतहरु बाटामा निस्किँदै केही फरक पर्दैन

images

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादीहरूलाई एक ठाउँमा आउन आह्वान गरेका छन्। काठमाडौंमा आयोजित आइतबार शहीद तथा बेपत्ता परिवारको कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत अरू नेताहरूमाझ प्रचण्डले फेरि एकताबद्ध हुन अपिल गरेका हुन्।

उनले भने, ‘हामी माओवादी आन्दोलनका सबै धारका प्रतिनिधि उपस्थित भएका छौं। यो सामान्य कुरा होइन। यसले शक्तिशाली सन्देश दिन्छ। अहिले एउटा सामान्य हालमा जुटेर केही कुरा गर्दैछौँ। त्यसको महत्त्व दुरगामी र अर्थपूर्ण छ।’

उनले माओवादी शक्तिहरू एकताबद्ध हुँदा त्यसको प्रभाव जवर्जस्त प्रभाव हुने बुझेर नै प्रतिक्रियावादीहरुले विभिन्न भ्रम छरेर घेरा हाल्ने षड्यन्त्र गरिरहेकै बताए। प्रधानमन्त्री  प्रचण्डले केही समययता भइरहेको राजावादीहरुको प्रदर्शनले जनयुद्धका उपलब्धीहरु नगुम्ने बताएका छन्। 

'भूतप्रेतहरु बाटामा निस्किँदै केही फरक पर्दैन। उनहरु उफ्रिँदैमा इतिहास लेख्न बलिदान गरेका सपूतहरुको योगदान भुल्न सकिँदैन', उनले भने, 'सरकारको तर्फबाट बेपत्ता र साहदतहरुलाई सम्मान गर्ने प्रक्रिया अघि बढ्दा तिनीहरु अहिले तर्सिएका छन्।'

उनले अहिले माओवादीविरुद्ध बदनाम गर्ने र षडयन्त्र गर्ने क्रम भएको पनि दाबी गरे।

आइतबार​ २१ फागुन २०७९ ०१:३१ PM मा प्रकाशित

प्रतिक्रिया