×

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

images

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन्।  प्रदेश सभाको आज आह्वान गरेको बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाइ प्रदेश सभा सदस्यहरुको विश्वासको मत प्राप्त गरेका हुन् । शाहले दुई तिहाइ भन्दा बढि मत पाएका हुन्। 

कांग्रेस नेतृत्वको सरकारलाई माओवादी, नागरिक उन्मुक्ति, नेकपा एकीकृत समाजावादी र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन्।

नेकपा एमाले र राप्रपाले शाहलाई विश्वासको मत दिएन। कांग्रेसका १९ नेकपा माओवादी केन्द्रका १० (सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र प्रदेश सभा सदस्य गरी ४१ जनाले विश्वासको मत दिएका हुन् ।

५३ सदस्यीय रहेको प्रदेश सभामा नेकपा एमालेका १० जना (उपसभामुख समेत) र राप्रपाका १ जना प्रदेश सभा सदस्य प्रतिपक्षमा बस्दै मुख्यमन्त्री शाहलाई विश्वास मत नदिएका हुन् ।


संविधाको धारा १६८ को उपधारा ३ बमोजिम २६ माघमा संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए।

यो सँगै कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार जोगिएको छ। यसअघि २७ पुसमा मुख्यमन्त्री नियुक्त एमालेका राजेन्द्र सिंह रावल समर्थन गरेको नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा २९ दिनमै पदमुक्त भएका थिए।

आइतबार​ २१ फागुन २०७९ ०४:२० PM मा प्रकाशित

प्रतिक्रिया