निर्वाचन आयोगले ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई ‘निर्वाचन आचारसंहिता अनुगमन अधिकृत’को जिम्मेवारी तोकेको सन्दर्भमा गृह मन्त्रालयले उक्त जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न निर्देशन दिएको छ।
गृह मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउन आयोगद्वारा लागू गरिएको निर्वाचन आचारसंहिता, २०८२को कडाइका साथ अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई आग्रह गरिएको छ।
गृह सचिव राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा आयोगले प्रदान गरेको जिम्मेवारी निष्पक्ष र निर्भीक रूपमा कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रूपमा सम्पादन गरिएका कार्यहरूको प्रतिवेदन मन्त्रालयमा समेत उपलब्ध गराउन अनुरोध गरिएको छ। निर्वाचन आयोगले जिल्लास्तरमा आर्थिक विषय क्षेत्र बाहेकका अन्य विषयमा आचारसंहिता अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई जिम्मेवारी तोकिएको स्पष्ट पारेको छ।
प्रतिक्रिया