×

बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

images

हेटौंडा । बागमती प्रदेशमा सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही पुस २५ गते सोमबार अपराह्न ४ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका छन । कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढि दलहरुसंगको सहकर्यामा सरकार गठनका लागि आह्वान गरेका प्रदेश प्रमुख कार्यालय हेटौंडाका सचिव ओमबहादुर खड्काले जानकारी दिए । 

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले ३५ दिन भित्र सरकार गठन गरिसक्नु पर्ने संवैधानिक प्रावधान छ ।  प्रदेश प्रमुख कार्यालय हेटौंडाले निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मिति गत मंसिर २८ गतेलाई आधार मानेर सरकार गठनको लागि आह्वान गरेको सचिव खड्काले बताए । 

आह्वानअनुसार पुस २५ गते अपराह्न ४ बजेभित्र सरकार गठनको लागि दलहरुले प्रदेशप्रमुखसमक्ष दाबी पेश गर्नुपर्नेछ । ११० सदस्य रहेको बागमती प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ३७ जना, एमालेका २७ जना, माओवादी केन्द्रका २१ जना, राप्रपाका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेमकिपाका तीन जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

सरकार गठनका लागि ५६ जनाको सांसदको समर्थन चाहिन्छ ।

बिहीबार २१ पुस २०७९ १२:०० PM मा प्रकाशित

प्रतिक्रिया