×

प्रधानमन्त्री प्रचण्डद्वारा पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहिबमाजिक मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका हुन् ।  

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल र डिजेल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिएकाे प्रधानमन्त्रीकाे सचिवालयले जानकारी दिएकाे छ ।


 

बिहीबार २१ पुस २०७९ ०४:५३ PM मा प्रकाशित

प्रतिक्रिया