×

तुइन खोलामा फेरी पहिरो, सडक दुईतर्फी बन्द

images

चितवन । मुग्लिन-नारायणगढ सडक खण्ड दुईतर्फी अवरुद्ध भएको छ । 

यस सडक खण्डमा हाल भारी बर्षा भइरहेको र तुइन खोला नजिकै माथिबाट ढुंगा खस्ने क्रम नरोकिएपछि सडक दुईतर्फी अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको हो । सडक डिभिजनले ढुंगा झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन कठिन भैरहेको जनाएको छ ।

साथै प्रशासनले सम्भावित पहिरोको जोखिमलाई मध्यनजर गर्दै तीन दिनका लागि सडक आवागमन बन्द गरेको छ ।

 

शनिबार १८ असोज २०८२ ०६:५५ PM मा प्रकाशित

प्रतिक्रिया