×

‘सबै दलले कोशी प्रदेश सरकारलाई समर्थन गर्नुपर्छ’

images

मोरङ, १७ असोज : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको वर्तमान सरकारलाई सबै राजनीतिक दलले समर्थन गर्नुपर्ने बताउनुभएको छ ।
    
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रदेश मध्यावधि निर्वाचनमा जानु उचित नभएकाले त्यसतर्फ सबै राजनीतिक दलले त्यसान ध्यान दिनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ओलीले देशमा साम्प्रदायिक सद्भाव कायम गर्नु सबै नेपालीेको दायित्व भएको बताउँदै नेपालको जातीय  विविधता र एकता बिगार्नेबाट सचेत हुन आवश्यक भएको विचार व्यक्त गर्नुभयो । 
    
अध्यक्ष ओलीले नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा संसद्को दुई तिहाइ मतबाट मात्र हुनसक्ने बताउनुभयो । उहाँले गणतन्त्रका विरुद्धका अभिव्यक्ति नागरिक स्वतन्त्रताको उपयोगबाहेक केही नभएको टिप्पणी गर्नुभयो ।

बुधबार १७ असोज २०८० ०८:२४ PM मा प्रकाशित

प्रतिक्रिया