×

सामाजिक सञ्जाल दर्ताको समय सिमा सकियो

images

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल प्लेटफर्मलाई अनिवार्य रूपमा सूचीकृत हुन दिएको सात दिनको समयसिमा गएराती सकिएको छ ।

images

एमाले महासचिव पोखरेलले दिए सामाजिक सञ्जाल बन्द हुने सङ्केत

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सामाजिक सञ्जाल बन्द हुने सङ्केत गरेका छन् । विहिबार बिहान सामाजिक सञ्जालमा पोष्ट गर्दै महासचिव पो...

हालसम्म कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्म दर्ता गर्न नआएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले जानकारी दिएको छ । यो अन्तिम समयसिमा सकिएपछि सरकारले सामाजिक सञ्जाल बन्द गर्ने या नगर्ने बारे आज निर्णय लिने बताइएको छ ।  

images

प्रधानमन्त्रीका मुख्य सल्लाहकार भन्छन्- दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय हुँदैछन्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरु अदालतको आदेश अनुसार निष्क्रि...

सरकार मन्त्रिपरिषद्को बैठकबाटनै समयभित्र दर्ता नगर्ने सामाजिक सञ्जालहरूलाई निष्क्रिय गर्ने निर्णय गरिसकेको छ ।  मन्त्रालयले भदौ १२ मा सूचना जारी गर्दै नेपालमा सञ्चालित सबै सामाजिक सञ्जाललाई सात दिनभित्र सूचिकृत हुन निर्देशन दिएको थियो । सर्वोच्च अदालतको पूर्ण इजलासले दिएको निर्देशनात्मक आदेशको पालना गर्दै मन्त्रिपरिषद्को भदौ ९ को बैठकले सो सूचना जारी गरेको थियो ।

मन्त्रालयले यसअघि ४ पटक सूचना जारी गरेपनि सामाजिक सञ्जाल कम्पनिले दर्ता हुन इच्छा देखाएका थिएनन् । नेपालमा अहिलेसम्म टिकटक, भाइबर, निम्बुज, विटक, ओपोलाइट दर्ता भएका छन् भने फेसबुक, एक्स, युट्युब जस्ता ठुला प्लेटफर्म अहिलेसम्म दर्ता भएका छैनन् । त्यसैगरी टेलिग्राम र ग्लोबल लिंकले दर्ता प्रक्रिया शुरु गरेको बताइएको छ ।

बिहीबार १९ भदौ २०८२ १२:०४ PM मा प्रकाशित

प्रतिक्रिया