×

२४ घण्टामा १ सय ४२ जनामा काेराेना सङ्क्रमण

images

पछिल्लो २४ घण्टामा एक सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी तीन हजार चार सय ५० जनाको नमुना परीक्षण गर्दा एक सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यही अवधिमा दुई सय ३० जना कोरोना सङ्क्रमित निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार पाँच सय २८ जनामा झरेको छ । पछिल्लो २४ घण्टामा कोराेना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन । 

यस्तै पछिल्लो २४ घण्टामा एक लाख ७८ हजार नौ सय ६ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

आइतबार​ १९ भदौ २०७९ ०४:४० PM मा प्रकाशित

प्रतिक्रिया