×

कुशल भुर्तेलको कीर्तिमान: टी-२०आईमा लगातार दोस्रो शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी

images

काठमाडौँ । नेपाली क्रिकेट टोलीका प्रारम्भिक ब्याटर (ओपनिङ ब्याटर) कुशल भुर्तेलले अन्तर्राष्ट्रिय टी-२० (T20I) क्रिकेटमा लगातार दोस्रो शतक प्रहार गर्दै नयाँ इतिहास रचेका छन्। एसियन गेम्स छनोटअन्तर्गत बिहीबार भएको मलेसियाविरुद्धको खेलमा उनले सानदार ब्याटिङ गर्दै आफ्नो खेलजीवनको तेस्रो टी-२०आई शतक पूरा गरेका हुन्।

खेलमा आक्रामक रूपमा प्रस्तुत भएका भुर्तेलले मात्र ४४ बलमा शतक प्रहार गरेका थिए। आउट हुनुअघि उनले ५४ बलको सामना गर्दै १२६ रनको विशाल इनिङ खेले। उनको यस विष्फोटक इनिङमा १४ चौका र ८ छक्का समावेश थियो। मलेसियाविरुद्धको खेलअघि भुर्तेलले चीनसँगको खेलमा पनि शतकीय इनिङ खेलेका थिए। उक्त खेलमा उनले मात्र ३५ बलमा शतक प्रहार गर्दै कुल ४३ बलमा १२९ रन बनाएका थिए।

बिहीबार २१ जेठ २०८३ ०१:५७ PM मा प्रकाशित

प्रतिक्रिया