काठमाडौँ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। प्रहरीले सन्दीपलाई आज (बिहीबार) अदालतमा उपस्थित गराएर म्याद लिएको हो ।
नेपालीलाई भुटानी नागरिक बनाएर अमेरिका पठाउने कार्यमा संलग्नताको आरोपमा प्रहरीले सन्दीपलाई बुधबार बुटवलबाट पक्राउ गरेको थियो । बिहीबार बिहान हवाई जहाजबाट काठमाडौँ ल्याइएसँगै प्रहरीले उनलाई म्याद लिनका लागि अदालतमा उपस्थित गराएको थियो ।
प्रहरीले टोपबहादुर रायमाझीलाई पनि नियनत्रणमा लिएको समाचार आएको छ। तर, कतिपयले भने उनी आँफै आज दिउँसो २ बजे सम्पर्कमा आउनेगरि प्रहरीसँग नियमित सम्पर्कमा रहेको पनि दाबी गरिरहेका छन् ।
प्रतिक्रिया