×

बिहीबार दाहोरो अंकले बढ्यो शेयर बजार

images


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । यस साताको सुरुवातदेखि नै घटेको नेप्से बिहीबार भने बढेको हो ।

बिहीबार नेप्से १२.७३ अंकले बढेर एक हजार ८ सय ६९ दशमलब ७३ विन्दुमा बन्द भएको हो । नेप्से परिसूचक बढेपनि कारोबार रकममा भने खासै उत्साह देखिएको छैन । आज ७३ करोड २६ लाख ८९ हजार रुपैयाँबराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका १६२ कम्पनीको शेयरमूल्य बढेको छ भने ५० कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९।१६ प्रतिशतले बढेर प्रतिकित्ता ७१५ रुपैयाँ पुगेको छ भने एनआइबीएल ग्रोथ फण्डको पनि शेयरमूल्य ९ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार एनएमबी डिभेञ्चर र नेपाल एसबीआई बैंक डिभेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंक लिमिटेड प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज चार करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

बिहीबार २१ बैशाख २०८० ०४:४५ PM मा प्रकाशित

प्रतिक्रिया