×

कांग्रेसमा भागबण्डा र गुटबन्दी अन्त्य भयो

images

नेपाली कांग्रेसका इलामका सभापति डम्बर खड्काले पार्टीमा गुटबन्दी र भागबण्डा अन्त्य भएको बताउनुभएको छ । बिहीबार इलाम नगरपालिकाको नगरस्तरीय क्षेत्रीय प्रतिनिधिको भेलालाई सम्बोधन गर्दै उहाँले अगामी  स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने प्रतिवद्धता जनाउनुभयो ।  

उहाँले भन्नुभयो “कांग्रेसका सबै नेता कार्यकर्ता एकजुट भएर निर्वाचनमा लाग्नुपर्छ ।  हरेक वडामा आफ्ना उम्मेदवार विजयी गराउनुपर्छ । ”  पार्टीमा  गुट र  भागबण्डा केही हुन नदिने र अब सिङ्गो कांग्रेस बनाएर अघि बढ्ने उहाँको भनाइ थियो ।  फरक प्रसङ्गमा सभापति खड्काले ३६५ दिनमा ३६४ दिन कांग्रेस हुने तर एकदिन निर्वाचनमा अर्कैलाई मतदान गरी कांग्रेसलाई पराजय गराउनेलाई यसपटक कारबाही गरेरै छोड्ने बताउनुभएको छ । उहाँले भन्नुभयो“ कांग्रेसबाट छनोट भएका उम्मेदवारलाई जसरी पनि सहयोग गर्नुपर्ने पर्छ ।”

शुक्रबार​ २० फागुन २०७८ १२:४४ PM मा प्रकाशित

प्रतिक्रिया