×

पल प्रकरण- १६ युट्युब च्यानललाई कारबाही गर्न सिफारिस

images

काठमाडौं- प्रेस काउन्सिल नेपालले अभिनेता पल शाह एक नाबालिगसँग जवरजस्ती करणीमा जोडिएको प्रकरणलाई अतिरञ्जित बनाउने १६ वटा युट्युब च्यानलमाथि कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरोलाई सिफारिस गरेको छ। साथै काउन्सिलले आचारसंहिताप्रतिकूल सामग्री सम्प्रेषण गर्ने २२ वटा अनलाइन मिडियालाई सचेत गराइएको छ । त्यस्तै, दर्ता र सूचीकरण नभएका १० वेबपोर्टलहरूलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भएको काउन्सिलले आज एक विज्ञप्ति मार्फत जनाएको छ । 

काउन्सिलले सार्वजनिक अपराधसँग जोडिएका व्यक्ति तथा पीडितको पक्ष/विपक्ष हुने गरी सामग्री सम्प्रेषणमा संलग्न ती युट्युब च्यानलमाथि कारबाही सिफारिस गरेको हो। आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने २२ अनलाइन मिडियालाई सचेत गराइएको छ।

दर्ता र सूचीकरण नभएका १० वेबपोर्टललाई नेपालभित्र नचल्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भएको छ', उनले भनेका छन्, 'कुनै मिडिया अन्तर्गत आवद्ध नभएका १६ युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरी साइबर ब्युरोमा सिफारिस गरिएको छ।'

‘अदालतमा विचाराधीन रहेका यस्ता मुद्दाको न्यायिक छानबिनलाई प्रभाव पर्ने किसिमबाट सामग्री सम्प्रेषण नगर्नरनगराउन काउन्सिलले सञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तालाई अपिलसमेत गरेका छौँ’– काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले भने ।

अध्यक्ष बस्नेतले अनुगमनका क्रममा विभिन्न सञ्चार माध्यम, वेबपोर्टल र सामाजिक सञ्जाल (खासगरी युट्युब) समेतबाट वैयक्तिक गोपनीयताको प्रतिकुल हुने, पीडितलाई थप पीडा पुग्ने, पीडितलाई नकारात्मक असर पर्ने र पीडितको पहिचान खुल्ने गरी नाम, तस्बिर, भिडियो सामग्री सम्प्रेषण गर्ने, न्यायिक निकायमा विचाराधीन मुद्दाको स्वच्छ सुनुवाइ प्रक्रियामा प्रभाव पर्ने किसिमबाट आरोपी र जाहेरीवालाको पक्ष–विपक्षमा सामग्री सम्प्रेषण भइरहेका तथ्यहरू फेला परेको बताए ।

 

https://www.youtube.com/watch?v=qWMnbujX6Q0

शुक्रबार​ २० फागुन २०७८ ०७:४८ PM मा प्रकाशित

प्रतिक्रिया