×

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी पक्राउ

images

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई नियन्त्रणमा लिएको हो। उनलाई पक्राउ गरेसँगै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्न लागेको स्रोतले जनाएको छ। उनीसहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्डको भ्रष्टाचार मुद्दा दायर गर्नका लागि नियन्त्रणमा लिइएको स्रोतले बताएको छ । स्रोतका अनुुसार उनलाई अहिले म्याद थपका लागि विशेष अदालत लगिएको छ ।

बुधबार १८ मंसिर २०८२ ०२:२६ PM मा प्रकाशित

प्रतिक्रिया