×

मोरङ अदालतमा भर्ना खुलेको भन्दै ठगी गर्ने दुई जना पक्राउ

images

मोरङ । जिल्ला अदालत, मोरङको नक्कली पेज बनाई विभिन्न पदमा भर्ना खुलेको छ भनी दर्ता शुल्क बापतको रकम भन्दै अनलाईन ठगी गर्ने २ जना व्यक्तिहरु जिल्ला प्रहरी कार्यालय मोरङद्वारा पक्राउ गरेको छ ।

प्रहरीले ठगि गरेका सिरहा स्थायी ठेगाना भइ हाल मोरङको विराटनगर बस्ने पुनम देवी शाह र उनकी छोरी कोमल कुमारी शाहलाई पक्राउ गरेको जनाएको छ । साथै प्रहरीले ठगीमा संलग्न अन्यको पनि खोजी भइरहेकोले पुनमदेवी शाहको ९८२३८९८२९३ को इसेवामार्फत कोहि ठगिएको भएमा जिल्ला प्रहरी कार्यालय मोरङमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

 

सोमबार १८ कात्तिक २०८२ ०६:५३ PM मा प्रकाशित

प्रतिक्रिया