×

अमेरिकासँग युएईको लज्जास्पद हार

images

काठमाडौँ । अमेरिकाले युएईविरुद्ध शानदार २४३ रनले जित हासिल गरेको छ । आइसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा अमेरिकाले युएईलाई २४३ रनले पराजित गरेको हो ।

अमेरिकाले दिएको २९३ रनको लक्ष्य पछाएको युएई २२.१ ओभरमा ४९ रनमा अल आउट भएको थियो ।

युएईको ब्याटिंग ध्वस्त गर्नेक्रममा अमेरिकाका बलर रुशील उग्राकरले ५ विकेट लिए भने सौरभ नेत्रभाल्करले ३ विकेट लिएका थिए । युएईका जुनैद सिद्धिकीले १० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

टस हारेर पहिला ब्याटिंग गरेको अमेरिकाले ५० ओभरमा ३ विकेट गुमाउदै २९२ रन बनाएको थियो ।

अमेरिकाका लागि साइतेजा मुक्कामल्ला र मिलिन्द कुमारले शतकीय पारी खेलेका थिए । साइतेजाले अविजित १३७ रन बनाए भने मिलिन्द कुमारले अविजित १२३ रन बनाएका थिए । केवल २८ रनमा शुरुवाती ३ विकेट गुमाएको अमेरिकाका लागि साइतेजा र मिलिन्द कुमारले चौथो विकेटका लागि २६४ रनको साझेदारी गरेका थिए । त्यस्तै युएईका बलर जुनैद सिद्धिकीले २ विकेट लिए भने मुहमद रोहिदले एक विकेट लिए ।

यो जितपछि अमेरिकाले यस सिरिजका चारै खेल जितेको छ । यो जितपछि अमेरिकाको २४ खेलमा ३६ अंक भएको छ र लिगमा शिर्ष स्थानमा छ । त्यस्तै युएईको भने १९ खेलमा ८ अंक रहेको छ र पुछारमा रहेको छ ।

अब सिरिजको अन्तिम खेलमा बुधबार नेपाल र युएई खेल्ने तालिका रहेको छ ।

 

सोमबार १८ कात्तिक २०८२ ०६:२२ PM मा प्रकाशित

प्रतिक्रिया